लुम्बिनीका ९ सय बढी पत्रकारको दुर्घटना बिमा

233

लुम्बिनीका ९ सय बढी पत्रकारको दुर्घटना बिमा

लुम्बिनी प्रदेश सरकारले प्रदेशका ९२५ जना पत्रकारको दुर्घटना विमा गरिदिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समितिको समन्वयमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पत्रकारहरुको दुर्घटना विमा गरिदिएको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय विमा कम्पनी लिमिटेड भैरहवा र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा मन्त्रालयको तर्फबाट उपसचिव दामोदर भण्डारी, विमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले सरकारले पत्रकार महासंघसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लाका ९२५ जना पत्रकारहरुको विमाको लागि सरकारले ७ लाख रुपैंया खर्चिएको मन्त्रालयले जनाएको छ ।