साउदी अरबले विभिन्न अपराधमा संलग्न ८१ जनालाई एकैदिन मृत्युदण्ड दिएकोे छ । ८१ जनामध्ये ७३ जना साउदीका, सात जना यमनका र एक जना सिरियाका नागरिक रहेका छन् ।
उनीहरूले महत्वपूणर् आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएको, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएको वा हत्या गरेको र देशभित्र हतियार लुकाएको अदालतको फैसलामा उल्लेख गरिएको छ ।
मृत्युदण्डको सजाय पाएकाहरु इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल-कायदासँग सम्बद्ध रहेका साउदीका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।