माधव नेपालसहित १४ सांसदको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

1.3K

माधव नेपालसहित १४ सांसदको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकता सम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । आदेश अनुसार आगामी चैत २० गते पूणर् सुनुवाइ हुनेछ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गरेका थिए ।

अदालतले नेपालसहित १४ सांसदलाई पार्टीले गरेको कारबाही सभामुख अग्नीप्रसाद सापकोटाले कार्यान्वयन नगरेको, पार्टी विभाजनका लागि झलनाथ खनालसहितका नेताहरुले गरेको सनाखतलाई मान्यता नदिन र लुम्बिनीका सांसदहरु विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाही अनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा एकै ठाउँमा हेर्दैछ ।