नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनीकाे कार्यकारिणी समितिमा लाेतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् । एशाेसियसनकाे ३३ औँ केन्द्रीय कार्यकारिणी समिति, नेपाल इन्जिनियरिङ परिषद् र दोश्रो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन भएकाे हाे ।
लुम्बिनी प्रदेशकाे कार्यकारिणी समितिमा दुई सदस्य बाहेक सबै पदमा लाेकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् ।
प्रादेशिक समितिकाे अध्यक्षमा शैलेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षमा लेखबहादुर बस्नेत, सचिवमा गाेविन्द पंगेनी, सहसचिवमा अर्जुन गिरी र काेषाध्यक्षमा सन्दिप रेग्मी सहितकाे प्यानल विजयी भएकाे हाे ।
बाकी १० सदस्य पदमा ८ जना लाेकतान्त्रिक प्यनलबाट र बाकी दुईजना एमाले निकटकाे प्यानलबाट विजयी भएका हुन ।