नेपाली काँग्रेस रुपन्देहीको कोषाध्यक्षमा हरिप्रसाद अर्याल मनोनित

100

नेपाली काँग्रेस रुपन्देहीको कोषाध्यक्षमा हरिप्रसाद अर्याल मनोनित

नेपाली काँग्रेस रुपन्देहीको कोषाध्यक्ष पदमा कार्यसमिति सदस्य हरिप्रसाद अर्याललाई मनोनित गरिएको छ । काँग्रेस रुपन्देहीको बिहिबार बसेको कार्यसमिति बैठकले अर्याललाई कोषाध्यक्ष पदमा मनोनित गर्ने निर्णय गरेको हो ।
त्यस्तैगरी स्थानीय तह निर्वाचन प्रचारप्रसारमा उपसभापति थानेश्वर घिमिरेलाई संयोजकको जिम्मेवारी दिईएको छ । त्यस्तै सचिव हरि काफ्लेलाई अनुशासन समिति जिम्मेवारी दिईएको छ भने अर्का सचिव परमानन्द भट्टराईलाई घोषणा पत्र लेखन समितिमा संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
अर्की उपसभापति अनिता ढुंगाना शाहलाई यस अगाडि नै स्थानीय तह निर्वाचन सम्भाव्यता अध्ययन समितिको जिम्मेवारी दिईएको थियो । बिहिबारको बैठकमा उहाँले उक्त समितिले अध्ययन गरि तयार गरेको प्रतिवेदन बुझाउनु भयो । उहाँको प्रतिवेदनमा १६ वटै स्थानीय तहमा काँग्रेसको अवस्था कस्तो छ ?, पार्टीको के भूमिका खेल्नुपर्छ ?, लगायतका विषय समिटिएको छ ।
त्यस्तैगरी बैठकले जिल्ला सदस्यहरुलाई जिल्लाका १६ स्थानीय तहका १५५ वटै वडामा ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियानको लागि प्रतिनीधि खटाउने निर्णय गरिएको सचिव हरि काफ्लेले जानकारी गराउनु भयो ।