तिलोत्तमामा एउटै घरमा रहेका दुई पसलमा आगलागी

161

तिलोत्तमामा एउटै घरमा रहेका दुई पसलमा आगलागी

रुपन्देहीको तिलोत्तमामा एक मदिरा पसल र किराना पसलमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका-२ योगिकुटीमा रहेका मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड स्टोरमा शुक्रबार अपरान्ह ४ बजे आगलागी भएको हो ।
एउटै घरको दुई सटरमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको आशंका छ । आगो अहिले नियन्णमा आएको छ । आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको छ भने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।