लागूऔषधसहित देवदहबाट दुई जना पक्राउ

1.3K

लागूऔषधसहित देवदहबाट दुई जना पक्राउ

रुपन्देही देवदहबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । देवदह नगरपालिका-१० आसाम टोलबाट करिब एक किलोग्राम अवैध लागूऔषध गाँजासहित शुक्रबार दिउँसो दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन थापा र २१ वर्षीय शिशिर सेन्चुरी रहेका छन् । अस्थायी प्रहरी चौकी भलुहीबाट खटिएको प्रहरीले अर्जुनको घरमा उनीहरूलाई गाँजा सेवन गरिरहेको अवस्थामा फेला पारी घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।