रुपन्देहीको देवदह जंगलबाट सात थान भरुवा बन्दुकसहित चार जना पक्राउ

129

रुपन्देहीको देवदह जंगलबाट सात थान भरुवा बन्दुकसहित चार जना पक्राउ

रुपन्देहीको देवदह नगरपालिकाबाट ७ थान भरुवा बन्दुक सहित ४ जना पक्राउ परेका छन् । देवदह नगरपालिकाको वडा नं. ६ सटाकखोलाका ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्णबहादुर कामु, ३६ वर्षीय चेतबहादुर दर्लामी र ५० वर्षीय सुनबहादुर आलेलाई ७ थान बरुवा बन्दुक सहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट त्यसमा प्रयोग हुने ३२७ ग्राम बारुद, १२९ पिस सिसाको छर्रा, ७५ पिस केप, दुई थान पेचकस, बरामद गरिएका ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनीहरुलाई देवदह ६ मा पर्ने पाल्पाली सामुदायिक बनबाट शनिबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ परेका चारैजना उपर हातहतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।