बुटवलमा गठबन्धनको प्रचारमा ई–रिक्सा ¥याली : नगरपालिकाबाट पूर्वाग्रही व्यवहार भएको गुनासो

219

बुटवलमा गठबन्धनको प्रचारमा ई–रिक्सा ¥याली : नगरपालिकाबाट पूर्वाग्रही व्यवहार भएको गुनासो

बुटवलमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउनको लागि प्रचार गर्दै ई–रिक्सा व्यवसायी तथा चालकहरुले ¥याली गरेका छन् । शनिबार बुटवलको सिद्देश्वरी मैदानदेखि चौराहा, योगिकुटी, कालिका सडक हुँदै अस्पताललाई र गोलपार्क सम्म ई–रिक्सा ¥याली गरेका हुन् ।
नेपाल अटो टेम्पो ई–रिक्सा चालक संघको आयोजनामा स्वरोजगार व्यवसाय गर्दै आएका ई–रिक्सा चालकहरुले काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनको पक्षमा मत मागेका हुन् । ¥याली समापनका अवसरमा बोल्दै नेपाल अटो टेम्पो ई–रिक्सा चालक संघ रुपन्देहीका अध्यक्ष लालमणी भण्डारीले व्यवस्थापनका नाममा ई–रिक्सा चालकप्रति पूर्वाग्रही भएर आफूहरुको रोजीरोटीमाथि लात हान्ने काम भएको बताउनु भयो ।
उहाँले आफूहरुका समस्या बुझेका व्यक्ति पाँच दलीय गठबन्धनबाट उम्मेदवार भएकाले ई–रिक्सा चालक तथा व्यवसायीहरु गठबन्धनको पक्षमा लाग्नु परको बताउनु भयो । उहाँले चुनाव जितेपछि आफूहरुका समस्या समाधान गरि निर्वाध रुपमा आफ्नो पेशा व्यवसाय गर्ने वातावरण बनाईदिन पनि आग्रह गर्नुभयो ।
त्यस अवसरमा बोल्दै मेयर पदका उम्मेदवार खेलराज पाण्डेले कुनैपनि व्यवसायलाई व्यवस्थित गर्ने नाममा कसैको रोजीरोटी खोस्न नपाईने बताउनु भयो । उहाँले आफूले चुनाव जितेमा एउटा विधि र पद्धती अपनाएर व्यवसायीका समस्या पनि समाधान गर्ने र व्यवस्थित पनि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले एमालेले जितेका कारण गएको ५ वर्ष व्यवसायी, उद्योगी सबैले दुःख पाउनु परेको बताउँदै व्यवसायमैत्री वातावरण निर्माण गरि सबैलाई मिलाएर विकास र समृद्धि दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।