आचारसंहिता विपरित जेष्ठनागरिकलाई सम्मान र एमालेकाे पैसा

298

आचारसंहिता विपरित जेष्ठनागरिकलाई सम्मान र एमालेकाे पैसा

जेष्ठ नागरिक प्रशिक्षण तथा सम्मान कार्यक्रम लेखिएको व्यानर राखेर वृद्धवृद्धा लाई एमाले पार्टीले मात्र हेर्छ भन्दै बोलाइ फलफुल र खाममा पैसा राखेर वाढ्ने कार्यक्रम हुदै थियो । यो गलत हो यो आचार संहिता विपरीत हो भनेर  रोक्न खोज्दा समय समयचक्र अनलाइन पत्रिकाले झुठो समाचार निकालेर आफू र आफ्नो पार्टीको बदनाम गर्न खोजिएको माओवादी केन्द्र निकट उद्योग वाणिज्य विभाग केन्द्रिय सदस्य गणेश अधिकारीले गुनासो गरेका छन् I
“यो प्रक्रिया गलत हो भनेर रोक्न खोजेको एमाले सांसद भोज प्रसाद श्रेषठले यो गठवन्धनको ज्याजती हो भन्दै उफ्रिए उनी निकट मिडियाले झुठो समाचार निकाल्यो’ गणशले भने I समय चक्र अनलाइनमा (गृहमन्त्रिकै जिल्लामा ८८ वर्षिय जेष्ठ नागरिक माथी आक्रमण ) (स्थानीय प्रशासन मौन ) शीर्षकमा समाचार निस्किएको गणेश अधिकारीले बताएका छन्  I उनले समय चक्र अनलाइन खोलेर आफू विरुद्ध लेखिएको समाचार देखाए ।
चुनाबको मुखैमा आएर झुठो समाचार प्रकाशन गरि आफु र आफ्नो सिङ्गो पार्टीलाई बदनाम गर्न खोजेको प्रति आफू दुखि भएको अधिकारीले बताएका छन् |
उनिहरुले कार्यक्रम गरेको वाहानामा बुहवृद्धालाई फकाएर तपाईहरुलाई हेर्ने एमाले पार्टीले मात्र हो   | भन्दै खादा ओडाएर फलफुल वितरण गर्दै यसरी भोट हाल्ने हो भन्दै फकाउँदै गर्दा मैले यो चुनावको   मुखमा आएर यस्तो गर्नु गलत हो  आचार संहिता विपरीत हो भनेको थिए यस्तो झुठो समाचार निकालेर मेरो वदनाम गर्न खोजे गणेश अधिकारीले भने  थियाे । मेरो मात्र होइन सिंगो पार्टी र पाचँ गठवन्धन पार्टीहरुको बदनाम गर्न खोजिएको हो उनले भने । नेकपा एमालेले  वडाँ नं ८ ले बृद्ध वृद्धाको कार्यक्रम सोही वडाँको कुसुमचोकको गुम्वा भवनमा उक्त कार्यक्रम गरेको गणेशको भनाइ छ । गणेश अधिकारीले त्यस्तो देखेपछि सिडियो कार्यलय रुपन्देही निर्वाचन कार्यलय रुपन्देही र इलाका प्रहरी प्रशासन कार्यलयलाई खवर गरेका थिए प्रहरी निर्वाचन आयोग र सिडियो  ईलाका प्रहरीले निर्वाचनको मुखैमा आएर यस्तो गर्नु गलत भएको बताएका थिए l प्रहरी समेत उक्त कार्यक्रमा आएर त्यसो नगर्न आग्रह गरेको अधिकारीको भनाई थियो |