तीनदिनसम्म वर्षाको सम्भावना

1.3K

तीनदिनसम्म वर्षाको सम्भावना

तीन दिन चट्याङ सहित देशभर वर्षाको सम्भावना देखिएको छ । स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा तथा पश्चिमी वायुको प्रभावका कारण तीन दिन देशभर वर्षाहुने मौषम पुर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाले आईतबार जारी गरेको विज्ञप्तीमा चट्याङ सहित सामान्यदेखि मध्येमसम्मको वर्षा हुने जनाएको हो । महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रही बढी वर्षा हुने छ ।
आइतबार, सोमबार र मंगलबार पहाडी भू–भाग र देशका अधिकांस स्थानमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षा हुने छ भने बर्षासँगै आउने बाढी र हावाहुरीले क्षति पुर्याउने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।