रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा काँग्रेसका मुसलमान विजयी

47

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा काँग्रेसका मुसलमान विजयी

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा एमालले जितेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका सजरुद्धिन मुसलमानले जनमत पार्टीका उम्मेदवार चन्द्र केश गुप्तालाई हराउँदै विजयी हुनु भएको हो ।
नगरप्रमुखमा निर्वाचित काँग्रेसका मुलसमानले ९ हजार ५७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी जनमत पार्टीका उम्मेदवार चन्द्र केश गुप्ताले ६ हजार २ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा भने एमाले उम्मेदवार कल्पना हरिजन निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार ५९० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सवनम जहाँ शेषले ६ हजार १४५ मत प्राप्त गर्नुभयो ।