लोकतन्त्रमा लुकेको वास्तविकता

133

लोकतन्त्रमा लुकेको वास्तविकता

भिम खनाल /

२०६२/०६३ को जनआन्दोलनले राजतन्त्रको जरो किलो उखेलेर मिल्काईदियो र देशमा लोकतान्त्रिक राज्य व्यवस्थाको सुरुवात भयो । देश वास्तबमै लोकतान्त्रिक राज्य व्यवस्थामै आधारित छ या हामी काला पहाडका कुल्ली जस्ता राज्यका दुःखी प्राणीहरुलाइ भ्रम पिटिएको छ, जुन समयले कुनै युगमा अवश्य हिसाब गर्ने नै छ । यद्यपी एकातिर परम्परालाई लागेको चोटले राज्यसत्ता हल्लिएको छ भने अर्काेतर्फ राजनैतिक चतुरेहरु स्वार्थका लागि सिङ्गो राज्य नै हल्लाईरहेका छन । यो निरीह स्तम्भकार यतिबेला दाबीका साथ भन्न सक्छ– राजतन्त्रमा राजनैतिक चिन्तन या विषम परिस्थितीसँग जुध्न सक्ने अद्भुत परिपक्कता अबस्य थियो ।
हामिले हाम्रा पुर्खाको त्याग–तपस्या र साहशलाई लत्याएकै हो । सत्य स्विकार्नै पर्छ । किनकी हामिलाई वास्तविकता लुकाएर भ्रमको प्रचार गरियो र मानवीय कमजोरीहरुको फाईदा उठाइयो । आज लोकतन्त्र आगमन पछीका झण्डै १५ बर्ष वास्तविक धरातलबाट केलाएर हेर्दा लोकतान्त्रिक यात्रामा जकडिएको भ्रष्टाचार लथालिङ्ग राज्यको नीति हेर्दा निशंकोच भन्न सकिन्छ लोकतान्त्रिक पद्दतिमा व्यक्तिगत स्वार्थ त्यागेर सभ्य समाज निर्माणका लागि राजनिति गर्नेहरु जुन अपवादको रुपमा भेटिने रहेछन ।
लोकतन्त्रको उद्देश्य रास्ट्रिय एकता र सद्भावलाई बिथोलेर हुदाखादाको मुलुक लथालिङ्ग बनाउनु अबस्य थिएन । मुलुक कुनै रद्दिको टोकरीमा मिल्काईएको फोहोरको थुप्रो थिएन । भैदियो के भने राजनैतिक दल र दलका नेताहरु आ–आफ्नै व्यक्तिगत स्वार्थका लागि लोकतन्त्रलाई केबल सत्तामा हाम फाल्ने साधन को रुपमा लिए । जहाँ राज्यका लागि त्याग तपस्या र योगदान आवश्यक ठानिएन । सम्पुर्ण राज्यको क्षेत्रफल र उक्त क्षेत्रफल भित्रका नागरिक राज्यका वास्तविक सत्य हुन भन्ने तथ्य समेत लोकतन्त्रमा लत्याईयो राष्ट्रिय एकता र सद्भाव का लागि आफ्नो पुर्ण शक्ति खर्चिन चाहेनन ।
बिभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय माफिया खुफियाहरुको सङ्लग्नतामा गठित बिखण्डन बादी तथा बिकेन्द्रित शक्तिहरुलाई तत्काल नियन्त्रमा लिन आवस्यक ठानिएन । उल्टै ती शक्तिहरुलाई सत्तामा हाम फाल्ने साधनको रुपमा प्रयोग गर्न थालियो । फलस्वरुपः राज्यको एकता माथि प्रहार गर्ने जातीयता, क्षेत्रीयता जस्ता गम्भिर नश्लिय राजनीतिको प्रभाव बढ्दै गयो । विभिन्न आई.एन.जि.ओ.द्वारा निर्माण गरिएका नीतिहरुलाई राजनैतिकरण गरि राज्यको नीतिको रुपमा व्याख्या गरियो । लोकतन्त्र निश्चय नै राज्यको परिस्थिति भन्दा फरक बिषय थियो, लोकतन्त्रलाई बलियो बनाई राख्न राजनैतिक परम्परा बदल्न पथ्र्यो । अफसोच लोकतन्त्रले सिर्फ श्रीपेच बदलियो, शासक बर्गको सोच बदल्न सकेन । फलस्वरुप कुनै राजनैतिक परम्परा स्थापित हुन सकेन, नत राष्ट्रवादको आधुनिक सिद्धान्त नै विकशित हुन सक्यो ।
लोकतन्त्रलाई सुनिश्चित नगरी राष्ट्रियतालाई बलियो बनाउने बिषय केबल हास्यास्पद मात्र थिएन, दलहरुको राज्यप्रतिको लाचारिपन थियो । विभिन्न जातीय, भाषिक, धार्मिक, लैङ्गिक लगायतलाई आपसी सद्भावद्वारा एकीकरण गरि बलियो बनाउनुको साटो स्वार्थपूर्तिको लागि जातिय तथा धार्मिक राजनीतिको सुरुवात गरियो । जहाँ राष्ट्रियताको मुल आधार जातीय तथा धार्मिक एकता थियो ।
वास्तवमै लोकतान्त्रिक अस्थित्वले एउटा बलियो र योग्य शासकको अपेक्षा राख्दछ । यद्दपि हाम्रो मुलुकमा निरीह शासकहरुको उत्थान गर्याै, जहाँ शक्ति, सत्ता र अर्थका लागि जस्तो सुकै राष्ट्रघाती सम्झौतामा ल्याप्चे ठोक्न कतिपनि हिचकिचाउँदैनन् । जातीय तथा धार्मिक एकताको अभावमा लोकतन्त्रमा प्रिथकतावादी भावनाहरु सलबलाउन थाले जुन राजनीति गर्नेहरुका लागि क्षमा गर्नै नसकिने अपराध मानिन्छ ।
वास्तवमा लोकतन्त्र नामक जुन प्राणी स्थापित भयो, जुन पश्चिमाहरुको भ्रमगामी रुप थियो । त्याग तपस्या र बलिदानी केबल साधन बन्यो । लोकतन्त्रका आधुनिक पण्डितहरु आफ्ना नागरिकको मागमाथि घोत्लिन सकेनन्, नत समयको माग नै आत्मसाथ गरे । यद्यपी राष्ट्र र राष्ट्रियता माथि भकुण्डो खेल्न अधिक सक्रिय रहे ।