ईन्धनमा भारी मुल्यबृद्धि

1.3K

ईन्धनमा भारी मुल्यबृद्धि

ईन्धनमा भारी मुल्यबृद्धि भएकाे छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएकाे हाे ।
अब पेट्रोलको प्रतिलिटर१८० रुपैयाँ तथा डिजल र मट्टीतेलको १६३ रुपैयाँ पर्नेछ । त्यस्तै खाना पकाउने एलपी ग्याँसमा पनि प्रतिसिलिण्डर २०० रुपैयाँ मुल्य वृद्धि भएकाे छ । अब खाना पकाउने एलपि ग्याँसकाे मूल्य प्रति सिलिण्डर १ हजार ८०० रुपैयाँ पर्नेछ ।
हवाई इन्धनको मूल्य पनि १० रुपैयाँ बढाएर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमको जनाएकाे छ ।