मोटरसाईलक चोरी गरेको आरोपमा दुई जना पक्राउ

125

मोटरसाईलक चोरी गरेको आरोपमा दुई जना पक्राउ

मोटरसाईकल चोरी गरेको आरोपमा प्रहरीले रुपन्देहीको सैनामैनाबाट दुई जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चोरी गरेको आरोपमा प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ का १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका वडा नं. २ का १८ वर्षीय अभिषेक थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकानगर राज्यलक्ष्मी पथमा पार्कीङमा राखेको लु ५६ प २९०७ मोटरसाईकल गत शुक्रबार हराएको थियो । हराएको मोटरसाईकलको खोजीका क्रममा दुबैजनालाई मोटरसाईकल सहित सोमबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताउनु भयो ।
उहाँका अनुसार पक्राउ परेका दुबै जनालाई सवारी चोरी मुद्धामा थप अनुसन्धान भईरहेको छ ।