प्रतिवन्धित लागुऔषध गाँजा सहित एक जना पक्राउ

48

प्रतिवन्धित लागुऔषध गाँजा सहित एक जना पक्राउ

रुपन्देहीको भैरहवाबाट प्रतिवन्धित लागुऔषध गाजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झण्डै ६ किलो प्रतिवन्धित लागुऔषध गाँजा सहित सिद्धार्थनगर नगरपालिका वडा नं. ६ का २३ वर्षीय अभिषेक थापा मगरलाई गत बुधबार साँझ उनको अफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
थापाले प्रतिवन्धित लागु औषध गाँजाको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनको घर खानतलासी गरेको थियो । प्रहरीले उनको साथबाट ५ किलो ९५० ग्राम गाजा, सानो डिजिटल तराजु, १ हजार ७२० रुपैंया नगद, बिक्रिको लागि प्याकिङ गर्ने प्लाष्टिक समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थापा उपर प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट म्याद लिएर थप अनुसन्धान गरिएको प्रवक्ता पौडेलले बताउनु भयो ।