बुटवल सिटी सेन्टरमा ‘मेराे स्टाेर’

361

बुटवल सिटी सेन्टरमा ‘मेराे स्टाेर’

बुटवल मिलनचाेक स्थित बुटवल सिटी सेन्टरमा ‘मेराे स्टाेर’ सञ्चालनमा आएकाे छ । ब्राण्डेड पर्फुम तथा नेपाली अल्मा आर्टेस ब्राण्डकाे घडीकाे एक्सक्लुसिभ शाेरुम सञ्चालन गरिएकाे हाे ।
यस्ताे प्रकारकाे शाेरुम काठमाण्डाैं उपत्यका बाहिर पहिलाे भएकाे शाेरुमका सञ्चालक श्याम क्षेत्रीले बताउनु भयाे । करिव ३५ लाख रुपैया लगानीमा सञ्चालन गरिएकाे शाेरुममा सनेल, गुची, बर्षाचे, बस, बुलगारी लगायतका सबै कम्पनीका ब्राण्डेड पर्फुमहरु पाईने छ ।
त्यस्तै नेपाली अल्मा आर्टेस ब्राण्डकाे घडि १२ वटा माेडलमा रहेकाे र याे शाेरुममा सबै पाईने उहाँले जानकारी दिनुभयाे । उक्त घडिमा २  वर्षकाे रिप्लेसमेन्ट वारेन्टी, ५० मिटर वाटर रेजिस्टेन्ट, लिमिटेड एडिसन लगायतका सुविधा छ ।
त्यस्तै शाेरुमबाट अनलाईन सुविधा पनि प्रदान गरिने छ । अनलाईन सेवामा अल नेपाल फ्रि डेलीभरी, हरेक सामानकाे खरिदमा गिफ्ट भाैचर, रिफर अफर लगायतका सुविधा प्रदान गरिने सञ्चालक क्षेत्रीले बताउनु भयाे ।
याे शाेरुम निकट भविश्यमा रुपन्देहीकै भैरहवामा पनि सञ्चालनकाे तयारी गरिएकाे छ ।