विकासको बाधक, व्यवस्था की व्यक्ति ?

150

विकासको बाधक, व्यवस्था की व्यक्ति ?

भिम खनाल /

प्रजातन्त्रले संसदीय शासन प्रणालीमा बहुमत अर्थात संख्यालाई महत्व दिन्छ । प्रजातन्त्रमा बहुमत कै आधारमा मन्त्रिमण्डल गठन हुन्छ । बहुमतको बलियो आधारमा गठित मन्त्रिमण्डलले राज्यको हितमा गरिने प्रत्येक महत्वपुर्ण निर्णय या नीति निर्माणका लागि नागरिकको प्रतिनिधि पात्रको रुपमा चुनिएको संसद समूह उत्तरदायी हुनुपथ्र्यो । अर्थात मन्त्रिमण्डलको प्रत्येक निर्णयको उपयुक्ततालाई बहुमत सांसदहरुको आवश्यक पर्दछ । यहि प्रजातान्त्रिक संसदीय व्यवस्थामा महत्वपुर्ण बिषेशता थियो । यो पनि सत्यको की बहुमत कुनै पनि अवस्था या स्थितिमा ब्याक्तिवादी हुन सक्दैन । यसकारण संसदीय व्यवस्थामा मन्त्रिमण्डल टिकाइराख्नको लागि शासकहरु राज्यको सम्पुर्ण शक्ति बहुमत बचाइराख्न खर्च गरिरहनु परेका उदाहरण प्रसस्तै छन् । यसकारण संसदीय व्यवस्थामा गठित मन्त्रिमण्डलद्वारा हुने प्रत्येक निर्णय या नीति सहि अथवा गलत क्रमशः गौण भएर जान्छन भने अर्काे तर्फ मन्त्रिमण्डल बचाई राख्न राज्यका खुफिया माफियाहरु सकृय भएर लागिरहन्छन् ।
अहिले यसै भन्न सकिने स्थिती रहेन हाम्रो देश ठ्याक्कै कुन युग देखि संकटमा फसिरहेको छ । बरु केही बर्षदेखि संकट झनझन चर्कँदै गएको महशुस गर्न सकिन्छ । जसका कारण राष्ट्रिय अस्तित्व नै समाप्त हुने खतरा बढिरहेको छ । यो सर्वस्विकार्य तथ्य हो यहाँ राष्ट्रिय संकट भनेको मुख्यतया राष्ट्रियताप्रतिको अभाब हो । यसै कारण देशी–बिदेशी एजेन्टहरु नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल भइसकेका छन् । राष्ट्रिय एकता देशको सिमा भित्र रहने सम्पुर्ण नागरिकको तह र तप्काबाट हुने अभियान र कार्यले स्थापित हुने बिषय हो, न की कुनै दलीय सिद्धान्त र झण्डाले कदापी हुदैन । यस्तै सामुहिक अभियानले जनताको भावनात्मक एकताको संस्थागत आधारसम्म तयार पारिरहेको हुन्छ । कोरा नाराले मात्र राष्ट्र र राष्ट्रियता बलियो हुन्थ्यौ भने विभिन्न समयमा भएका क्रान्ति र प्रतिक्रान्तिहरु आवश्यक ठानिदैनन् । यतिबेला देशको राष्ट्रिय एकता यसरी छिन्नभिन्न भईदिएको छ, मानौ कुनै चमत्कार नभए पुनः भाबनात्मक एकता असम्भब जस्तो छ । आज देशमा साम्प्रदायिकता व्यक्तिवादी मनोबृत्ती र विदेशोउन्मुख प्रबृति व्यापक छ । यस्तो अवस्थामा पहिलो हत्या राष्ट्रियताको हुनेछ ।
हामीले लामो समयदेखि मुलुकमा संसदीय व्यवस्था तथा प्रजातान्त्रिक शासन प्रणालीको अभ्यास गर्दै आइरहेका छौं । हुन त कुनै पनि मुलुकको उन्नती या दुर्गतीमा शासन व्यवस्थाका कारण ठान्नु मुर्खता होला । विश्वका थुप्रै विकशित मुलुकमा भिन्नभिन्नै शासन व्यवस्था छ । यद्यपी विकास र प्रगतिको मार्गमा लम्किरहेका छन् । मध्येपूर्व लगायतका खाडीमा आजपनि हामीले निरंकुश मानेर मिल्काइदिएको राजतन्त्र कायम छ । जहा विश्वकै उत्कृष्ट अर्थतन्त्र छ । विश्वका विकशित मुलुकहरुको सूचीमा अग्रस्थान कायम गर्न सफल छन् । हामीले मुलुक परिपवर्तन र अग्रगामी विकासको बाधक राजतन्त्र रहेको स्विकारोक्ति गर्याै, अनि जरोकिलो समेत उखेलेर मिल्काईदियौ, फलस्वरुपः दशकौँ बितिसक्दा समेत हामिले विकासको कुनै गति समात्नै सकेनौ । हामी बिगत भन्दा अझ पछाडि धकेलियौँ । हामी झन जर्जर अबस्थामा गुज्रिरहेका छौँ । राज्यको विकास निर्माणमा अग्रस्थानको भुमिका खेल्ने युवा शक्ति दिनहु पासपोर्ट बोकेर विमान स्थलबाट बाहिरिरहेको छ । अरवमा डण्डा चलाउनेदेखि कोरियामा बंगुर चराउने पेशामा अधिकांश हामी गोर्खेहरुकै बाहुल्यता भइसक्यौ । हाम्रो देशको शिक्षा नीति यति बिघ्न कमजोर भयो की अस्ट्रेलिया र जापानका विश्वविद्यालयहरु नेपाली विद्यार्थीले खचाखच भएका छन् । यहि अवस्था कायम रहेमा अबको केही बर्षमा देशका २५ प्रतिशत क्याम्पसहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्छ । यहाँ उल्लेख गर्न खोजिएको प्रमुख बिषय के थियो भने कुनै पनि मुलुकको विकास र प्रगतिको बाधक सम्पुर्ण राज्य आफ्नै खप्पर माथि उभिएका देशका शासकहरुको सोच थियो ब्याबस्था थिएन । हाल मुलुकमा लागू भएको संसदीय व्यवस्थाले माक्सबादी जिवाणुको उत्पत्ति र विकासमा हामीहरुले पनि महत्वपुर्ण भूमिका अबस्य खेल्यौँ । फलस्वरुपः संसदीय शासन व्यवस्थामा गुणहरुको व्यापक प्रचार गरियो । यद्यपी कमजोरीमाथि गहन अध्ययन गरिएन । संसदीय व्यवस्थाको व्यापक प्रचारकै कारण हामिले शाही सत्ता र सिद्धान्तबाट मुक्ति हुने धारणा प्रति विश्वास राख्यौं । जनताको छोरो शासक भन्ने नारा हरेक गल्लिमा गुञ्जायौ । उद्यपी जनताका छोरा भनिएकाहरु सत्तामा फाल हाल्ने वित्तिकै श्री ३ को पगरी गुथेर आफुलाई महान देशभक्त ठानिदिए । यीनै नवउत्पत्ति भएका शासकहरु आज हामीलाई ठूलो भार परिरहेको तथ्य प्रस्ट छ । संसदीय शासन व्यवस्थामा प्रजातन्त्रका श्री ३ हरु समयको माग तथा आम नागरिकको भावना बुझ्न सकेनन् । जसका कारण राज्य सञ्चालकहरु प्रति नागरिकको विश्वास क्रमशः घट्दै गईरहेको छ भने बिगतकै राजसंस्था प्रतिको आकर्षणले पुनः चरम रुप ग्रहण गरिरहेको छ ।
वास्तवमा राजसस्था बर्तमानमा व्याख्या गरिए अनुरुप अति खराब र अति सबल पक्ष दुबै थिएन । यद्यपी आम नागरिकको प्रतिनिधि पात्रको रुपमा चुनिएका दुःखी पृथ्वीका भाग्यमानि खप्परहरु आम नागरिक र राज्य प्रतिको उत्तरदायित्वको भाबनाले विकसित रुप लिन सकेनन् । वास्तवमा संसदीय व्यवस्थामा प्रजातन्त्रले कुनै आपत्तिजनक कानुन या आदेशलाई बहुमत देखायर पारित या पालना गर भन्दैन । ठिक बिपरित आपत्तिजनक देखिएमा रोक्नका लागि निर्देशित गर्नु पथ्र्यो । यद्यपी यहाँ व्यवस्था नै राज्यको दलाली गर्ने थलोको रुपमा परिणत भइसकेको छ । वास्तवमा संसदीय व्यवस्था रचनात्मक कार्यद्वारा राज्यका लोककल्याणकारी योजनाहरुलाई मुर्तरुप दिनुपर्ने उत्तम प्रणालीको अभ्यास हुनु पथ्र्यो । आफ्नै राजनितिक या व्यक्तिगत स्वार्थका लागि कथित अपराधिक प्रबृतिका पात्रहरुको चाकडी र चाप्लुसी गर्नुपर्ने थलो हुनु थिएन । संसदीय व्यवस्थामा आज आफ्ना महत्वपुर्ण नीति र योजनालाई पारित गराउन राज्यको सम्पुर्ण शक्ति खर्चनु पर्ने स्थितिको सिर्जना कहाँबाट उत्पन्न भयो ? जनताको प्रतिनिधि पात्र बनेर मुलुकको हित र रक्षाका लागि संसद भवन छिर्ने सांसदका लागि कमसेकम निश्चित योग्यता र मापडण्ड निर्धारण गर्न सकिन्थ्यौ भने कमसेकम केही हदसम्म विवेकशिल बन्न सक्थ्यो । जनताका प्रतिनिधि पात्रहरु हदसम्म राज्य र नागरिकप्रति जवाफदेही बन्न सक्थे । यद्यपी हाम्रो मुलुकमा प्रतिनिधिहरु कतिसम्म लज्जास्पद छन् भने कुनै राजनैतिक अबधारणालाई मुल्यांकलन गरी त्यसको महत्व पुष्टि गर्ने हैसियतसम्म राख्दैनन् । अधिकांश प्रतिनिधिसँग योग्यताको नाममा केवल व्यक्तिगत स्वार्थ सत्ता शक्ति र अर्थको लालच छ । यो देशमा कैयौँ पटक प्रधानमन्त्री र मन्त्री हुनु छ । परिवर्तनको सम्वाहक बन्नु छैन । प्रजातन्त्रमा संसदीय शासन व्यवस्थाले व्यक्तिवादी शक्तिलाई नकार्दै विरोधी शक्तिलाई बहुमतको अधिनमा कस्नु पथ्र्यो ।
स्वतन्त्र चिन्तन तथा तथ्यहरुको निश्पक्ष परीक्षण नगरी कुनै पनि बस्तु वा संस्थाको बास्तबिकता बुझ्न सकिँदैन हामिले हाम्रो राज्य सञ्चालन प्रणाली पटक पटक परीक्षण गरिसकेका छौँ । यद्यपी प्रयोगशालामा नतिजा सधै शुन्यतामा अडिग छ । प्रजातन्त्रले बहुचर्चित परिभाषा गरेको संसदीय शासन व्यवस्थामा विभिन्न स्वार्थको पहाड बोकेर आ–आफ्नो समर्थनमा बहुमत जुटाउन सक्ने सत्ताका लागि देशी–विदेशी शक्तिसँग वर्गोनिङ गर्न सक्ने राज्यको शक्ति र अर्थको अधिक प्रयोगद्वारा भिड सधै आफ्नो पक्षमा बनाईराख्न सक्ने चतुर शासक नै यो देशको शक्ति सम्पन्न सफल शासक ठहरिने गर्दा राजनैतिक नेतृत्व र सत्ताका लागि योग्य र सफल व्यक्ति राजनैतिक बृतमा सधै पर्दा पछाडि रहन्छन् । किनकी राजनीतिमा सधै धुर्त र बदनियतपुर्ण चलाखीलाई सधै महत्व दिईयो । यसर्थ बर्तमानमा राजनैतिक धुर्तता यस्तो चरम शिमामा गुज्रिरहेको छ । जहाँ नागरिकको अपेक्षा र समयको माग लत्यायर आफ्नो व्यक्तिगत स्वार्थ अनुरुप अनेक हतकण्डा अपनाईन्छ ।
वास्तवमा प्रजातन्त्रमा संसदीय व्यवस्थाको उद्देश्य व्यवस्थाको उद्देश्य धुर्त, पाखण्डी, माफिया, घुसखोरी, देशद्रोहीहरुलाई भेला जम्मा गरी राजनैतिक आदर्श र मूल्यमान्यताको हवन गर्नु थिएन । देश र जनताका लागि भनेर पटक पटक चुनिएकाहरु व्यवहारिक पक्षमा देशको उत्तरदायित्व बहन गर्न पटक पटक असफल भए । जनप्रतिनिधिहरुको मुख्य प्राथामिकता देश र नागरिक परेनन् । प्रजातान्त्रिक संसदीय व्यवस्थामा कुनै पनि सिद्धान्तको उत्कृष्टताले तवसम्म महत्व राख्दैन, जबसम्म त्यो देशभित्र बसोबास गर्ने नागरिकको स्वीकृती बिना कुनै पनि व्यवहारिक दर्शन शास्त्र अध्ययन गर्न सक्दैन । यसकै फलस्वरुप उत्कृष्ट सिद्धान्त (बाद) भनिएको दुई तिहाइको सत्ता केही समय अगाडी उछिट्टिएको उदाहरण ताजा छ । अर्काेतर्फ उत्तरदायित्व स्वतस्फुर्त उत्पन्न हुने भावना थियो, यद्यपी यहाँ सत्ता र भत्ताका लागि पानीजहाज चलाएको देखि घरघरमा ग्यास पाइप लाईन चलाएको घोषणा गर्ने आधुनिक श्री ३ हरु कुन ग्रहमा बनाईदिए अत्तोपत्तो छैन । बर्तमानमा जनताको नेतृत्व गरेर जाने शासक बर्गहरु उत्तेजनात्मक तथा आक्रामक भाषणका शिवाय केही दिन सकेनन् । देशको अवस्था या स्थिती जस्तो सुकै जटिल अबस्थामा गुज्रियोस्, सिंहदरवारले राज्यको दुरदराजतर्फ ईसारा गर्दै आफ्नो मोजमस्तिका लागि सुबिधा बृद्दि गर्न पटक्कै छाडेन । फलस्वरुप दशक भित्रै चप्पल पड्काउदै सत्तामा हाम फालेकाहरु यसियाकै उच्च पुँजीपतीको सूचीमा नाम दर्ज गराउन सफल भएका छन् । जनताका लागि क्रान्ति गरेको भ्रम छर्नेहरु आज जनताबाटै असुरक्षित महशुस गर्दै सयौँ सुरक्षाकर्मीको बिचमा घेरिएका छन् यसर्थ संसदीय व्यवस्था दुर्वल पक्षहरुको गहन अध्ययन तथा बिश्लेषण गरेर आम नारिक समक्ष प्रस्तुत हुन ढिला भएन र ?