नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ लुम्बिनीको अध्यक्षमा प्रेम भुर्तेल

507

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ लुम्बिनीको अध्यक्षमा प्रेम भुर्तेल

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ लुम्बिनी प्रदेश अध्यक्षमा सिए प्रेम भुर्तेल निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न प्रदेशको अधिवेशनबाट प्रदेशको संयोजकमा भुर्तेल सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
शनिबार बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा भएको प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमितिको सचिवमा तुलसी काफ्ले र कोषाध्यक्षमा हरि लम्साल निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा यशोधन पाण्डे र अनिस अधिकारी निर्वाचित हुनु भएको छ ।
त्यस्तै रुपन्देही जिल्ला अध्यक्षमा प्रदिप भट्टराई, उपाध्यक्षमा कमल ज्ञवाली, सचिवमा महेश घिमिरे र कोषाध्यक्षमा सगुन खनाल निर्वाचित हुनु भएको छ । जिल्ला कार्यसमितिको सदस्यहरुमा निराजन गौतम, दिपेश रेग्मी, विजयदीप न्यौपाने, अमृतबहादुर कार्की र प्रेम सुवेदी निर्वाचित हुनु भएको छ ।