राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले चालू वर्षका लागि लिईएका लक्ष्य अनुसार प्रगति हासिल गरेकाे छ । राेटरी वर्ष २०२१/२२ काे लागि क्लवले लिएका सबै गाेलहरु एचिभ भएकाे क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईले जानकारी गराउनु भयाे ।
क्लवकाे छैठाैं क्लव एसेम्ब्लीमा उहाँले साे कुरा जानकारी गराउनु भएकाे हाे । क्लवले वर्षभरीकाे लागि तयार गरेकाे कार्ययाेजना सबै पूरा भएकाे र त्यस बाहेक पनि विभिन्न सामाजिक कार्यक्रम गरिएकाे अध्यक्ष चापागाईले बताउनु भयाे ।
त्यस अवसरमा जाेन २८ कि एजी देवी गुरुङले कल्वले लिएका लक्ष्य र त्यसका अलवा धेरै सामाजिक काम गरेर जाेनमै उत्कृष्टता हासिल गरेकाे बताउनु भयाे । त्यस्तै ईनकमिङ एजी राजु खरेलले आगामी दिनमा पनि यस्तै रचनात्मक कृयाशिलताकाे कामना गर्नुभयाे ।
क्लवका सचिव निराजन पाेखरेलकाे सञ्चालनमा भएकाे कार्यक्रममा पूर्व अध्यक्ष नवीन श्रेष्ठ, काेषाध्यक्ष देवीराम पाण्डेय लगायतले भनाई राख्नु भएकाे थियाे ।