बुटवल उद्योग वाणिज्य संघमा प्राईभेट फर्महरुको नविकरण शिबिर

103

बुटवल उद्योग वाणिज्य संघमा प्राईभेट फर्महरुको नविकरण शिबिर

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा वाणिज्य कार्यालयमा दर्ता भएका प्राईभेट फर्महरुको नविकरण शिबिर गरिएको छ । सोमबार गरिएको नविकरण शिविरमा ३५० बढी फर्महरु नविकरण भएका बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी दिनुभयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तरगत वाणिज्य कार्यालय भैरहवामा दर्ता भएका र नविकरण गर्नुपर्ने प्राईभेट फर्महरु दर्ता गरिएको हो । उक्त नविकरण शिबिरमा कार्यालय प्रमुख टेकराज भट्टराईको नेतृत्वमा कर्मचारीहरुको टोली आएको थियो ।
वाणिज्य कार्यालयमा दर्ता भएका प्राईभेट फर्महरु सुरुमा दर्ता भएको ५ वर्षमा र त्यसपछि प्रत्येक २ वर्षमा नविकरण गर्नुपर्ने व्यवस्था छ । प्राईभेट फर्म दर्ताको लागि व्यवसायीहरुसाई सहज होस भन्नको लागि संघको पहलमा घरदैलोमै फर्म नविकरणको व्यवस्था मिलाईएको र यसले उद्योगी व्यवसायीहरुलाई फर्म नविकरणको लागि सहज भएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो ।