लुम्बिनीकी राज्यमन्त्री वलीद्वारा पदबाट राजीनामा

48

लुम्बिनीकी राज्यमन्त्री वलीद्वारा पदबाट राजीनामा

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्रीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा पत्र बुझाउनु भएको हो ।
गत जेठको २९ गते विहान दाङका एकराज बस्नेतको घरमा गएर श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि लुम्बिनी प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
छानविन समितिलाई काम गर्न सहज बनाउनको लागि राज्यमन्त्री पदबाट राजीनामा दिएको बताईएको छ । लुम्बिनी प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा परी निधन भएपछि दाङको क्षेत्र नं. ३(ख)बाट उपनिर्वाचनमा तत्कालिन नेकपाबाट वली (विमला) लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
गत फागुनमा सर्बोच्चको फैसलाले नेकपा खारेज गरिदिएपछि उहाँले माओवादी केन्द्र रोज्नुभएको थियो । त्यसपछि उहाँलाई माओवादी केन्द्रले राज्यमन्त्री बताएको थियो ।