सुनका गरगहना चाेरी गरेकाे आराेपमा दुई भारतीय नागरिक पक्राउ

132

सुनका गरगहना चाेरी गरेकाे आराेपमा दुई भारतीय नागरिक पक्राउ

सुनका गरगहना चाेरी गरेकाे आराेपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा रहेकाे एक सुनचादी पसलबाट सुनका गरगहना चाेरी गरेकाे आराेपमा प्रहरीले भारत बिहार मोतिहारी जिल्ला बैरिया थाना बस्ने ६० वर्षीय साबिर हुसेन र साेही ठाउँका ३५ वर्षीय तोफिक अलिलाई पक्राउ गरिएकाे हाे ।
उनीहरुलाई नवलपरासीबाट आज (बुधबार) पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयाे ।
गत चैत २९ गते करिव ९ बजेकाे समयमा बुटवल ११ बुद्धनगरमा रहेकाे न्यू पाल्पा भैरव सुनचादी पसलमा चाेरी भएकाे थियाे । माेटरसाईकलमा आएका २ जना भारतीय मुलका ब्यक्तिले पसल सञ्चालक गाेविन्द विश्वकर्माका बुवा डिलबहादुर विश्वकर्माकाे अनुहारमा सेन्टजस्ताे पदार्थ छर्केर लठ्ठ बनाई ६ लाख ७४ हजार रुपैँया बढीकाे चाेरी गरी फरार भएका थिए ।
सुनका गरगहना चाेरी गरेकाे आराेपमा पक्राउ गरिएका उनीहरु उपर थप अनुसन्धान भईरहेकाे प्रहरी नायव उपरीक्षक केसीले बताउनु भयाे ।