सिद्धबाबा सुरुङ माग निर्माणको काम आगामी वर्षभित्रै सुरु हुन्छ : गृहमन्त्री खाँण

184

सिद्धबाबा सुरुङ माग निर्माणको काम आगामी वर्षभित्रै सुरु हुन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सिद्धार्थ राजमार्गमा गर्ने बुटवल पाल्पा सडकमा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको काम आगामी आर्थिक वर्षभित्रै सुरु हुने बताउनु भएको छ । यो सडकको दुरावस्थाका कारण हजारौं यात्रुले सास्ती भोग्नु परेको र सयौंले ज्यान समेत गरेमाएकाले त्यसलाई सुरक्षित बनाउन सरकारले सुरुङ मार्ग निर्माणको लागि बजेट विनियोजन गरेको बताउँदै उहाँले आगामी आर्थिक वर्ष २०७९।०८० भित्रै निर्माणको काम सुरु हुने जानकारी गराउनु भएको हो । त्यस्तै गृहमन्त्री खाँणले पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पनि यहि वर्ष सुरुङ मार्ग निर्माणको काम सुरु हुने बताउनु भयो ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्रं. २ ले बुटवलमा आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनीधिहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यहाँको पूर्वाधार विकासका कारणल लगानी समेत आकर्षण गर्ने र लगानी आकर्षण, पर्यटन विकास लगायतका कारणहरुले यस क्षेत्रमा रोजगारी पनि बृद्धि हुने र त्यसका माध्यमबाट गरिवी निवारण गर्न सकिने भनाई राख्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका गृहमन्त्री खाँणले आगामी प्रदेश तथा प्रतिनीधि सभा निर्वाचनमा केन्द्रीत हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । उहाँले सम्पन्न स्थानीय तहको निर्वाचनले काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको बताउँदै उहाँले आगामी प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा पनि पार्टीलाई ठूलो र बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो । उहाँले आफैले सम्झौता गरेको एसपिपि सम्झौतालाई लिएर वर्तमान सरकारलाई लान्छना लगाउने काम भएको भन्दै गृहमन्त्री खाँणले नेपाल कुनै पनि अन्तर्राष्ट्रि«य सैन्य गतिबिधिमा सहभागि हुन नसक्ने दावी गर्नुभयो । एमसिसिले मुलुकको विद्युत उत्पादन तथा रोजगारीको सिर्जना तथा गरिवी निवारणमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अहिले भएको गठबन्धन कुनै दल र नेताका विरुद्ध नभई संविधान कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक हस्तक्षपलाई रोक्नका लागि भएको बताउँदै गृहमन्त्री खाँणले संविधान अस्वीकार गरेका दलहरुलाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयन्त गरिरहेको भनाई राख्नुभयो ।
त्यस अवसरमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुलाई घोषणा पत्र र पार्टीको निर्देशन अनुसार काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ अन्तरगत बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैनाका जनप्रतिनीधिहरुलाई सम्मान गरिएको क्षेत्रीय सचिव प्रजापाल गिरीले जानकारी गराउनु भयो ।