नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को केन्द्रीय सदस्यमा बुटवलका शंकर अर्याल निर्वाचित

188

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को केन्द्रीय सदस्यमा बुटवलका शंकर अर्याल निर्वाचित


बुटवल । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को केन्द्रीय सदस्यमा बुटवलका शंकर अर्याल निर्वाचित हुनु भएको छ । नवनिर्वाचित केन्द्रिय कार्यसमितिको अध्यक्षमा दिपक पाण्डे, उपाध्यक्षमा सुशिल घिमिरे, महासचिवमा प्रदिप सिग्देल निर्वाचित हुनु भएको छ ।
यसैगरी कोषाध्यक्षमा बर्षा वराल सहित सदस्यहरुमा अस्मिता त्रिपाठी, पृथ्वी पुन मगर, सुजन सुबेदी, विवेक राम भण्डारी, शंकर अर्याल र मिसन महत निर्वाचित हुनु भएको छ ।
प्रदेश नं १ प्रमुखमा मनोज अधिकारी, मधेश प्रदेश प्रमुखमा अरविन्द कुमार खेतान , बागमति प्रदेश प्रमुखमा निशान पौडेल, गण्डकी प्रदेश प्रमुखमा सागर लामिछाने , लुम्विनी प्रदेश प्रमुखमा प्रेम भुर्तेल, कर्णाली प्रदेश प्रमुख मा छविलाल आचार्य , सुदुर पश्चिम प्रदेश प्रमुखमा लोकेन्द्र ऐर , उपत्यका विशेष प्रमुखमा टिकाराम कार्की निर्वाचित हुनु भएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्या भएमा त्यसमा छलफल तथा समाधानको प्रयासमा चार्टर्ड एकाउण्टण्ट्स संघ तयार रहने बताउनु भएको छ ।
चार्टर्ड एकउण्टेण्ट्हरु विभिन्न संघसंस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउँदै आइरहको अध्यक्ष दीपक पाण्डेले बताउनु भयो । साथै उहाँले सरकारी तथा स्थानीय निकायमा समेत चार्टर्ड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जबाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्नेमा म विश्वस्त रहेको बताउनु भयो ।