तिलोत्तमा उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः भण्डारी

1.3K

तिलोत्तमा उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः भण्डारी

रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघमा पुनः गुणनिधी भण्डारी (माधव) निर्वाचित हुनु भएको छ । संघको हालै सम्पन्न तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा पुनः ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्ष सुरज पंगेनी, वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष विष्णुप्रसाद भण्डारी, सचिव टिकाराम भण्डारी, सहसचिव नारायणबहादुर पौडेल र सहकोषाध्यक्षमा अमृत भुषाल सर्वसम्मत निर्वाचित हुनु भएको थियो ।
यस्तै कार्यसमिति सदस्यमा कृष्णप्रसाद पाण्डे, मधुसुदन घिमिरे, धनबहादुर गुरुङ, अमनमान श्रेष्ठ, सूर्यप्रसाद न्यौपाने, रोमनाथ गैरे, चन्द्रकुमार दुबे, रुस्तम कंडेल, अजय राना, नरेशबहादुर क्षेत्री तथा महिला सदस्यमा विना न्यौपाने र राधिकादेवी शर्मा निर्वाचित हुनु भएको हो ।