अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

1.3K

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर करदको दर हेरफेर गराएको आरोपको छानविनको लागि संसदले विशेष समिति बनाएपछि उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।
संसदमा विशेष समिति बनेपछि विशेष समय लिएर बोल्नु भएका शर्माले छानविनलाई सहयोग गर्न भन्दै राजीनामा घोषणा गर्नुभएको हो । उहाँले बजेट निर्माणमा कुनै गल्ती नगरेको दावी गर्नुभएको छ ।
तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण गरेको भन्दै उहाँले करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेकोेको बताउनु भयो ।