केन्द्रकाे हस्तक्षप रहिरहे प्रदेशकाे औचित्य छैन : सभापति पुन

1.3K

केन्द्रकाे हस्तक्षप रहिरहे प्रदेशकाे औचित्य छैन : सभापति पुन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश संरचनाकाे औचित्यमाथि प्रश्न उठाउनु भएकाे छ । पार्टीकाे साेमबारदेखि सुरु भएकाे केन्द्रीय समिति बैठकमा प्रदेश सभापति पुनले विधानले प्रदेशलाई दिएका अधिकारमा पनि केन्द्रले हस्तक्षप गर्ने हाे भने प्रदेशकाे औचित्य के हुन्छ भनी प्रश्न उठाउनु भएकाे हाे ।
उहाँले अरुलाई संविधान विपरीत हिड्याे भन्ने कांग्रेस नै विधान विपरीत अघि बढेको पनि बताउनु भयाे। ‘अरुलाई खबरदारी गर्ने काँग्रेस नै विधान र संविधानसम्मत चलेन ।’ उहाँले भन्नुभयाे-‘विधि र विधानसम्मत पार्टी चल्नुपर्छ, तर हाम्रो नेतृत्वले त्यस्तो लक्षण देखाएन।’
प्रदेश कार्यसमितिहरूलाई अधिकार दिइएपनि कार्यान्वयन नभएको बताउदै उहाँले भन्नुभयाे-‘प्रदेश कार्यसमिति त बन्यो, तर विधानले प्रदेशलाई दिएका अधिकार पनि केन्द्रले हस्तक्षप गर्याे ।’ उहाँले टिकट वितरणमा केन्द्रले हस्तक्षप गरेकाे बताउनु भएकाे हाे । यसले प्रदेश संरचनालाई कमजाेर बनाउने बताउहै भन्नुभयाे-‘यदि प्रदेशमाथि यसैगरी हस्तक्षेप गरिरहने हो भने खारेज गरिदिए हुन्छ ।’