लायन्स क्लव अफ बुटवलद्वारा बृक्षरोपण

1.3K

लायन्स क्लव अफ बुटवलद्वारा बृक्षरोपण

लायन्स क्लव अफ बुटवलले बृक्षरोपण गरेको छ । क्लवको वार्षिक कार्यक्रम अन्तरगत लायनेस क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं. १ गणेशस्थान स्थित शिखर देउरालीमा रहेको श्रीधर स्मृती पार्कमा फलफूलका विरुवा रोपिएको हो ।
क्लवले श्रीधर स्मृती पार्कलाई ‘लायन्स फलफूल बगैचा’ बनाउनको लागि अघिल्लो वर्षदेखि बृक्षरोपण गर्न सुरु गरेको हो । मंगलबार आयोजना गरिएको बृक्षरोपण कार्यक्रममा आँप, अम्बा, जामुन, चिकु र मौषमका विरुवा रोपिएको बृक्षरोपण कार्यक्रमका संयोजक मृगेन्द्र श्रेष्ठले जानकारी गराउनु भयो । त्यस्तै अघिल्लो वर्ष आप, लिचि लगाएतका फलफूलका विरुवा रोपिएको थियो ।
बृक्षरोपण कार्यक्रममा बोल्दै लायन्सका डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले बृक्षरोपणले पर्यावरणको पनि संरक्षण हुने तथा भू–क्षय पनि रोकिने र लायन्सको साख समेत बृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लगाएका विरुवाको संरक्षण तथा बृद्धिबिकासमा पनि ध्यान दिन क्लवलाई आग्रह गर्नुभयो ।
त्यस्तै क्लवका अध्यक्ष महेश श्रेष्ठले क्लवको नियमित वार्षिक कार्यक्रम अन्तरगत पर्यावरणको संरक्षण तथा भू–क्षय नियन्त्रणको लागि बृक्षरोपण गरिएको र लगायका बिरुवाको संरक्षणमा क्लवले विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा लायन्स डिष्ट्रिकका पदाधिकारीहरु, क्लवका पूर्व अध्यक्षहरु तथा पदाधिकारी सदस्यहरुका सहभागिता रहेको थियो ।