ग्रिनरी पार्क बनाउन लायन्स बुटवल तिलोत्तमाको सचिवालय परिषरमा बृक्षरोपण

1.3K

ग्रिनरी पार्क बनाउन लायन्स बुटवल तिलोत्तमाको सचिवालय परिषरमा बृक्षरोपण

लायन्स क्लव अफ बुटवल तिलोत्तमाको सचिवालय परिसरमा बृक्षरोपण गरिएको छ । पर्यावरण संरक्षणको लागि बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको क्लवको सचिवालय परिषरमा बृक्षरोपण गरिएको हो ।
लायनेश क्लव अफ बुटवल तिलोत्तमा मायादेवी र लियो क्लव अफ तिलोत्तमाको सहकार्यमा भएको बृक्षरोपण कार्यक्रममा आँप, धुपी लगायतका एक सय थान बिरुवा रोपिएको लायन्स क्लव अफ बुटवल तिलोत्तमाका अध्यक्ष नविनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै लायन्सका सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर तथा क्लवका पूर्व अध्यक्ष पुरुषोत्तमभक्त प्रधानाङ्गले बृक्षरोपणले पर्यावरण पनि संरक्षण हुने र वातावरणीय सुन्दरता पनि कायम हुने भएकाले क्लवले गरेको काम राम्रो भएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि क्लवले रचनात्मक काम गर्न सुझाव दिनुभयो ।

क्लवका अध्यक्ष नविनप्रसाद श्रेष्ठले क्लवको सचिवालय परिषरमा ग्रिनरी पार्क बनाउने योजना सहित बृक्षरोपण गरिएको बताउँदै यसले वातावरण र पर्यावरणको संरक्षण पनि हुने विश्वास व्यक्त गर्नुभयो ।
क्वलका सचिव रेणुप्रसाद पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा एरिया चिफ एमएल पाण्डे, लायनेश क्लव अफ बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष लक्ष्मी प्रधानाङ्ग, बृक्षरोपण कार्यक्रमका संयोजक तारा श्रेष्ठ, चिरञ्जीवी श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।
क्लवले यहि साउनको ५ गते बिहिबार बुटवलको माझगाउँमा क्यान्सर बिबिर सञ्चालनको तयारी गरिएको छ । त्यस्तै ७ गते शनिबार क्लवको प्लानिङ वर्कशप आयोजना गरिएको जानकारी गराउँदै क्लवका अध्यक्ष श्रेष्ठले यी कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।
लायन्स क्लव अफ बुटवल तिलोत्तमाले प्रत्येक महिनाको पहिलो र अन्तिम मंगलबार क्लवको सचिवालयमा स्तन तथा क्यान्स क्लिनिक सञ्चालन गर्दै आएको छ ।