तिलोत्तमा : आफैले ल्याएको बजेट पास गर्न उपप्रमुख चौधरीको मोलमलाई

2.2K

तिलोत्तमा : आफैले ल्याएको बजेट पास गर्न उपप्रमुख  चौधरीको मोलमलाई

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आफैले पढेको बजेट पास गर्न उपमेयरको किचलोले रोकिनुको साथै नयाँ समस्या सिर्जना गरेको छ । कार्यपालिकामा पास भई नगर सभामा प्रस्तुत भएको बजेट रोक्नुपर्ने अरु केही कारण हुन सक्दैन । यदि बजेटमा त्यस्तो समस्या थियो भने कार्यपालिकामा किन पास गरियो ? यो गम्भिर प्रश्न हो ।
संविधानले उपप्रमुखलाई दिएको तीन सदस्यीय न्यायिक समितिमा एक जना सदस्य काँग्रेसको पनि राखियोस् भन्ने नेपाली काँग्रेस रुपन्देहीका सभापति समेत रहेका नगरप्रमुख रामकृष्ण खाँणको आग्रह थियो । त्यसमा एमाले रुपन्देहीकी उपाध्यक्ष समेत रहेकी उपप्रमुख जागेश्वरीदेवी चौधरी सहमति हुनु भएको थियो । यो विषयमा दुई पक्षीय सहमति भएको छैन । यद्यपी उप्रमुख चौधरीको बजेटसंगै न्यायिक समिति पनि बहुमतले पारित गराउने चाहना छ । जवकी प्रकृया अनुसार न्यायिक समितिको प्रस्ताव नगरसभाको कार्यसूचीमा छैन ।
नगरप्रमुख जितेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यपालिकामा काँग्रेस अल्पमतमा छ भने उपमेयर जितेको एमालेको बहुमत छ । महुमतको जगबाट एमालेले काँग्रेसलाई पेलेर अगाडि बढ्ने नीति लिएको छ । तिलोत्तमाको नीति तथा कार्यक्रम ल्याउँदा पनि यस्तै समस्या भएको थियो ।
चुनावी घोषणा पत्र अनुसार फोहोर मैला कर घटाउने नगर प्रमुख खाँणकाले प्रस्तावमा एमालेबाट निर्वाचित जनप्रतिनीधिहरु सहमत भएनन् । यो कुरा बाहिर आएपछि एमाले आत्तिए र नीति कार्यक्रम ल्याउनको लागि नगरप्रमुख खाँणले फोहोर मैला सम्बन्धि कुनै निर्णय नै नभएको भनेर विज्ञप्ती निकाल्नु पर्यो ।
नगरप्रमुखले आफू अनुकुलको व्यक्तिलाई प्रवक्ता राख्नुखोज्नु जायज नै हो । तर एमालेले बहुमतको बलमा एमालेबाट निर्वाचित सुरेन्द्र श्रीलाई प्रवक्ता राख्न खोजेको कुरा बाहिर आएको छ । अहिले एमालेले नगरप्रमुखसंग गरेको मोलमलाई यीनै विषयका हुन् । आफैले ल्याएको बजेट रोकेर मोलमलाईमा उत्रिनु कति जायज कति नाजायज ?