रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ रुपन्देही र नेपाल प्रेस युनियन रुपन्देहीले दुःख व्यक्त गरेका छन् । गत आईतबार रुपन्देहीका तिलोत्तमा नगरपालिकामा पत्रकारहरु महासंघ रुपन्देहीका पूर्व कोषाध्यक्ष यमलाल भुसाल र नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति समेत रहेकी महासंघकी पूर्व कार्यसमिति सदस्य रेखा भुसालप्रति भएको दुव्र्यवहारको महासंघ र युनियन मंगलबार छुट्टाछुट्टै विज्ञप्ती जारी गरी विरोध गरेका हुन् ।
तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकमा जनप्रतिनीधिहरु पक्षविपक्षमा विभाजित भएर विवाद भईरहेका वेला नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले पत्रकार यमलाल भुसाललाई दुव्यवहार गर्दै झोला खोस्ने सम्मको कार्य गर्नुको साथै रेखा भुसाललाई आक्षेपपूर्ण व्यवहार गर्नुभएको थियो । नगर उपप्रमुखको यस्तो कार्यले स्वतन्त्र प्रेस र सार्वजनिक कार्यक्रममा रिपोर्टिङ् गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने खालको व्यवहार भएको महासंघले ठहर छ ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारद्वारा जारी विज्ञप्तीमा ‘जनप्रतिनिधिहरुले नगरसभामा भएका गतिविधिलाई आम नागरिकमाझ पु¥याउन सहजीकरण गर्नुपर्नेमा त्यसो नहुने कुरा दुःखद् हो । जनप्रतिनिधिबाटै संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आँच पु¥याउने खालका अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’
महासंघ रुपन्देहीले आगामी दिनमा यस्ता खालका गतिविधि नदोहो¥याउन सचेत गराउँदै स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने अधिकार सुनिश्चित गर्न तथा आस्थाका आधारमा पत्रकारहरु विभाजित हुने र पत्रकारितामा आँच आउने खालका गतिविधि नगर्न समेत पत्रकारहरुलाई आग्रह गरिएको छ ।
त्यस्तै नेपाल प्रेस युनियन रुपन्देहीले पनि नगर उपप्रमुख चौधरीले पत्रकारहरुलाई गरेको दुव्र्यवहार प्रति गम्भिर आपत्ति प्रकट गरेको छ । युनियनले मंगलबार प्रेस विज्ञप्ती जारी गरी पत्रकारहरु प्रति लगाएको आरोप पुष्टि गर्न पनि चुनौती दिएको छ ।
