बुटवलमा रैथाने कृषि उपजको विक्रि केन्द्र

243

बुटवलमा रैथाने कृषि उपजको विक्रि केन्द्र

बुटवलमा रैथाने कृषि उपजको विक्रि केन्द्र सञ्चालन गरिएको छ । हिमाल, पहाड र तराईमा पाईने रैथाने कृषि उपजलाई प्रशोधन गरि विक्रि वितरण सुरु गरिएको हो ।
बुटवलको मिलनचोक स्थित मनकामना पथमा सञ्चालित ‘नेपाली लोकल एग्रो प्रोडक्ट्स’मा हिमाल, पहाड र तराईका रैथाने कृषि उपजहरु विक्रि वितरण गरिने सञ्चालक खिमबहादुर हमालले बताउनु भयो ।
स्वास्थ्यका लागि लाभदायक मानिने रुकुम, रोल्पा र जुम्लामा उत्पादन हुने सिमिको दाल, मुगु र जुम्लामा उत्पादन हुने मार्सी चामल, कोदो तथा फापरको पिठो, मकै तथा आटो, भट्टमास, चुक, अदुवा–वेसारको पाउडर (धुलो), भाँगो, गुल्मीको गुण, बेलको जुस, बन मौरी (खाग)को मह, लसुन, टिमुर, गहत, झिलङ्गी, म्याग्दीमा उत्पादन हुने खुपानीको जाम, सिस्नोको पाउडर, दाङमा उत्पादन हुने तिल्की चामल, पोखरामा उत्पादन हुने जेठो बुढो धानको चामल, बझाङ र हेम्जाको आलु, डिडिसीका दुग्धजन्य उत्पादन लगायतका खाद्य सामाग्रि राखिने सञ्चालक हमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले बजारमा रैथाने कृषि उपजको माग बढी छ भने स्वास्थ्यका लागि पनि हितकर भएकाले उपभोक्तालाई सहज पहुँचको लागि रैथाने कृषि उपजलाई केन्द्रित गरेर पसल सञ्चालन गरिएको हो । तत्काल पसल सञ्चालनमा ल्याईएपनि केही समयपछि अझ व्यवस्थित गरेर औपचारिक उद्घाटन गरिने उहाँले बताउनु भयो ।