लुम्बिनी प्रदेश सकारको प्रमुख साझेदार काँग्रेसबाट भएका मन्त्री हेरफेरको तयारी

395

लुम्बिनी प्रदेश सकारको प्रमुख साझेदार काँग्रेसबाट भएका मन्त्री हेरफेरको तयारी

लुम्बिनी प्रदेशमा सरकारको प्रमुख साझेदार नेपाली काँग्रेसले मन्त्री फेरबदल गर्ने तयारी गरेको छ । मन्त्री फेरबदलको लागि नेपाली काँग्रेसले प्रस्ताव गरेको र सोही अनुसार तयारी गरिएको हो ।
लुम्बिनी प्रदेशमा तत्कालिन जसपा, राष्ट्रिय जनमोर्चा समेतको सहयोगमा माओवादी र काँग्रेसले आलोपालो नेतृत्व गर्ने सहमति गरेका थिए । तर मुख्यमन्त्री फेर्ने सम्भावना नभएपछि काँग्रेसले मन्त्री फेर्ने तयारी गरेको हो । काँग्रेसले बजेट लगत्तै मन्त्री फेरबदल गर्न खोजेको थियो । तर मुख्यमन्त्री कुलप्रसाद केसीले केही समय पर्खिन भनेकाले केही समय ढिला भएको हो । अव बढिमा एक हप्ता भित्रै काँग्रेसले पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाउने र नयाँ अनुहार सरकारमा पठाउने काँग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले बताउनु भएको छ ।
यद्यपी सबै मन्त्रीलाई फिर्ता बोलाउने या केहीलाई मात्रै हेरफेर गर्ने भन्ने टुंगो लागिसकेको छैन । सत्ता साझेदार माओवादी केन्द्र र काँग्रेस विच पुरानो सहमति अनुसार काँग्रेस भित्रै पनि मुख्यमन्त्री फेर्नुपर्ने लविङ भईरहेको बुझिएको छ । यसै विषयलाई लिएर काँग्रेस लुम्बिनी संसदीय दलका नेता कनोडिया काठमाण्डौमा हुनुहुन्छ । उहाँले दलका केन्द्रीय नेताहरु बिचमा समझदारी हुनेवित्तिकै मन्त्री परिवर्तन हुने बताउनु भयो । मन्त्री परिवर्तन हुनेभएपछि सांसदहरु मन्त्रीका लागि दौडधुप सुरु गरेका छन् ।