रुपन्देहीको तिलोत्तमा नगरपालिाकाबाट प्रहरीले चिठ्ठा परेको म्यासेज पठाएर ठगि गर्ने गिरोहका २१५ जना भन्दा बढी युवा युवतीलाई पक्राउ गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ जानकी नगरमा रहेको व्लु स्काई विजनेश प्रा.लि.बाट उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो ।
सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेर ठगि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । जानकरी नगरमा रहेको ४ तले घरको तीन वटा फ्लाट भाडामा लिएर सञ्चालन गरिएको व्लु स्काई विजनेश सोलुसन प्रा.लि.मा प्रहरीले आईतबार छापा मारेको थियो । प्रहरीको अनुसन्धानबाट त्यहाँ तीन सय बढी कम्प्युटर राखेर त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाउने र ट्रयापमा पारेर ठगि गर्ने गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनु भयो ।
एक जना भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट ह्वाट्सएप र फेसबुकका माध्यमबाट सर्वसाधारणलाई अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रनाउ केसीले बताउनु भयो । त्यसमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।