विप्लवसहितका नेताका नाममा पक्राउ पुर्जी जारी

22

विप्लवसहितका नेताका नाममा पक्राउ पुर्जी जारी


ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूको नाममा पक्राउ पुर्जी जारी गरेको छ । अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ, कर्तव्य ज्यान, राज्य विरुद्धको सङ्गठित अपराध लगायत कसुरमा मुद्दा चलेकाले पक्राउ गर्न अदालतले दिएको हो । विप्लवसहित, खड्गबहादुर विश्वकर्मा प्रकाण, मोहनबाहादुर कार्की, टेक बहादुर केसी आजाद, भरतबहादुर बम रणवीर, पदम बहादुर राई लगायत रहेका छन् ।