उद्धघोषण, व्यक्तित्व विकास र पत्रकारिता तालिम समापन

66

उद्धघोषण, व्यक्तित्व विकास र पत्रकारिता तालिम समापन

बुटवलमा सञ्चालित एक हप्ते उद्धघोषण, नेतृत्व विकास, ब्यक्तित्व विकास तथा पत्रकारिता तालिम सकिएको छ । समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोख्रेलले ब्यक्तित्व विकास गर्न यस खालको तालिमहरु सञ्चालन हुनुपर्ने बताउनुभयो ।
उहाँले तालिमले नै पत्रकारहरुको कार्य क्षमतामा बृद्धि हुने बताउनुभयो । एक हप्ते तालिममा एक दशक देखि सञ्चार क्षेत्रमा कार्य गर्दे आएका सञ्चारकर्मी मार्फत रेडियो उद्धघोषण, स्टेज उद्धघोषण, पत्रकारिता, समाचार वाचन, समाचार लेखन, मोटिभेसन कक्षा तथा नेतृत्व विकास र ब्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण गराईएको लगईन एजुकेशन प्रा.लि. बुटवलका सञ्चालक अर्जुन खनालले बताउनुभयो ।
२५ जना प्रशिक्षार्थीहरु रहेको तालिममा संचारकर्मीहरु सुमन श्रेष्ठ, मदन खनाल, सञ्जु पौडेल, हरि पौडेल, अनिल पहाडी, रामचन्द्र पोख्रेल लगायतले प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रममा प्रशिक्षार्थी दिनेशकुमार आचार्य र कुमारी दर्नालले आफना अनुभव प्रस्तुत गर्नुभएको थियो भने प्रशिक्षार्थी कमला पन्तले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । बुटवलको गोलपार्कमा सम्पन्न भएको उक्त तालिमको संयोजन गणेश भन्डारीले गर्नु भएको थियो ।