निर्वाचन गर्ने निर्णयकाे स्वागत गर्छाैं : एमाले उपाध्यक्ष नेम्वाङ

17

निर्वाचन गर्ने निर्णयकाे स्वागत गर्छाैं : एमाले उपाध्यक्ष नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्ने सरकारकाे निर्णयले एमालेलाई खुसी बनाएकाे बताउनु भएकाे छ । प्रेस चाैतारी नेपाल रुपन्देहीले बिहिबार बुटवलमा आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उपाध्यक्ष नेम्वाङले निर्वाचन गर्ने सरकारकाे निर्णयकाे स्वागत गर्दै आफूहरुसंग कुनै छलफल नगरेकाेमा असन्तुष्टि व्यक्त गर्नुभयाे ।
‘चुनावकाे मिति घाेषणा भएकाे छ, यसले हामी खुसी छाैं ।’ उहाँले भन्नुभयाे-‘प्रमुख प्रतिपक्ष दल एमाले संसदकाे सबैभन्दा ठूलाे पार्टी हाे, हामीसंग सल्लाह गर्नुपर्थ्याे, त्याे भएन ।’ प्रतिपक्षलाई एक्ल्याएर घेराबन्दी गर्ने काम भएकाे बताउदै उहाले चुनाव एमालेले मागिरहेकाे र चुनावमा उत्साहपूर्वक सहभागी हुने पनि बताउनु भयाे ।