रोटरी क्लब बुटवल डाउनटाउनको आयोजनामा सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) परिषरमा रहेको रोटरी चिल्ड्रेन पार्कमा सरसफाई गरिएको छ । रोटरी क्लव अफ बुटवल डाउनटाउनको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा शुक्रबार आम्दा परिसरमा स्थापना गरिएको रोटरी चिल्ड्रेन पार्कमा सरसफाई गरिएको हो ।
त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सरसफाई मानव सभ्यताको पहिचान भएकोले सरसफाईमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । उहाँले आम्दा अस्पताल यस क्षेत्रको स्वास्थ्यको बलियो खम्बाको रुपमा रहेको बताउँदै यसको गरिमा अझै माथि उठाउनेगरी काम गर्न पनि अस्पताल प्रशासनलाई उहाँले आग्रह गर्नुभयो ।
सरसफाई कार्यक्रममा रामनगर व्यारेकका मेजरको कमाण्डमा ६० जना जवान खटिएका थिए । त्यस्तै सरसफाईमा ईनरह्वील बुटवल जीतगढी, रोट्रयाक्ट रामापीथेकस, इन्ट्रयाक्ट क्लव लगायतको सहभागिता रहेको थियो ।
क्लवका अध्यक्ष भरत रानाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीका एसिष्टिेन्ट गभर्नर सिए प्रेम भुर्तेल कार्यक्रम संयोजक भानु केसी, शंकर ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।