मतदाता संकलनको काम स्थगित

23

मतदाता संकलनको काम स्थगित

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मतदाता संकलन तथा अद्यावधिक गर्ने काम स्थगित गरेको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयबाट मतदाता संकलन तथा अद्यावधिक गरिरहेको निर्वाचन आयोगले शुक्रबारदेखि स्थगित गरेको हो । सरकारले बिहिबार मात्रै मंसिर ४ गते एकै चरणमा प्रतिनीधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेको थियो । लगत्तै आयोगले मतदाता संकलन तथा अद्यावधिकको काम स्थगित गरेको हो ।
नामावली दर्ता गर्न अनलाइन फारम भरी औंठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा भने साउन २१ गतेसम्म समय दिईएको छ ।