पाँच दलीय गठबन्धनले आगामी प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धन विच तालमेल गरेर चुनावमा जाने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आगामी प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा तालमेल गरेर चुनावमा जाने निर्णय गरेको हो ।
गठबन्धनको बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा आगामी निर्वाचनमा गठबन्धनलाई कायम राखेर अगाडि बढ्ने सहमति भएको उल्लेख गरिएको छ ।