गौतमबुद्ध राष्ट्रिय उद्यानमा रोटरी तिलोत्तमा रुपन्देहीको नियमित बृक्षरोपण

93

गौतमबुद्ध राष्ट्रिय उद्यानमा रोटरी तिलोत्तमा रुपन्देहीको नियमित बृक्षरोपण

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले गौतमबुद्ध राष्ट्रिय उद्यानमा बृक्षरोपण गरेको छ । क्लवले रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदन तथा ईन्ट्रयाक्ट क्लव अफ तिलोत्तमा रामापुर रिभाईवल र आरसिसि नमुना भिजेज सैनामैनाको सहकार्यमा रुपन्देहीको देवदह नगरपालिका वडा नं. ६ ज्योतीनगरमा रहेको गौतमबुद्ध राष्ट्रिय उद्यानमा निर्माणाधिन रोटरी गार्डेनमा शनिबार बृक्षरोपण गरिएको हो ।
कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारीले क्लवको योजना रोटरी गार्डेनको अवधारणा अनुसार अघिल्लो वर्षदेखि सुरु गरिएको बृक्षरोपणलाई निरन्तरता दिईएको बताउनु भयो । त्यस अवसरमा गोडमेल तथा सरसफाई गर्नुको साथै अघिल्लो वर्ष लगाईएको विरुवाको संरक्षण र मरेका स्थानमा नयाँ विरुवा रोपिएको हो । अध्यक्ष भण्डारीले उद्यान वरिपरि नाली व्यवस्थित गरिने र पर्यटकलाई आकर्षित गरिने बताउनु भयो । त्यसै अवसरमा उक्त उद्यानमा राख्नको लागि कलवले दुई सेट बेञ्च समेत उद्यान समितिका अध्यक्षलाई हस्तान्तरण गरेको छ ।
त्यस्तै गौतमबुद्ध राष्ट्रिय उद्यानका अध्यक्ष टेकबहादुर रानाले बिरुवा रोप्दा देखिएको जाँगर र उत्साह विरुवाको संरक्षणमा पनि देखाउन आग्रह गर्नुभयो ।
क्लवले निर्माणाधिन रोटरी गार्डेन र आसपासमा समेत दालचिनी, धुपी, लगायतका दुई सय फलफूलका विरुवा रोपिएको कार्यक्रम संयोजक दिनेश कुवँरले जानकारी गराउनु भयो । कार्यक्रममा क्लवका ईलेक्ट प्रेसिडेन्ट निरज श्रेष्ठ, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनका अध्यक्ष रमेश गौतम, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष मणी तिवारी, क्लवका सचिव शंकर पाण्डे लगायतले भनाई राख्नुभएको थियो ।