अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा लुम्बिनी प्रदेश युवा परिषदले युवा सम्मेलन आयाेजना गरेकाे छ । दिवसकाे अवसर पारेर परिषदले विभिन्न कार्यक्रम सहित युवा सम्मेलन आयाेजा गरेकाे हाे ।
लुम्बिनी प्रदेश युवा परिषदले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरेर त्यसका बारेमा जानकारी गराएकाे हाे । दिवसकै अवसरमा साेमबार रपन्देहीकाे देवदह नगरपालिका वडा नं. ५ काे कार्यालय परिषरमा बृक्षराेपण गरिएकाे छ । त्यहा विभिन्न प्रजातिका २ सय बिरुवा राेपिएकाे परिषदका उपाध्यक्ष गाेविन्द केसीले जानकारी दिनुभयाे ।
त्यस्तै युवालाई राेजगार, स्वराेजगार र उद्यमशिलतामा कसरी जाेड्न सकिन्छ भन्ने विषयमा मंगलबार संघसंस्थाका विचमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।
अन्तर्राष्ट्रिय युवा दिवसकाे दिन यहि साउन २६ गते मुल समाराेह गरिने छ ।
पत्रकार सम्मेलनमा बाेल्दै लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद मन्त्री बसिउद्धिन खाँले कार्यक्रम सफलताकाे कामना व्यक्त गर्दै त्यसमा आफ्नाे पूर्ण साथ र सहयाेग रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
मुल समाराेहमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सहित मन्त्री तथा सांसदहरु सहभागी हुनुहुने छ । त्यस्तै २ जना गेष्ट स्पिकरले युवालाई सक्षम बनाउन र उद्यमशिलतामा कसरी जाेड्न सकिन्छ भन्ने विषयमा भनाई राख्नुहुने छ ।