लायन्स सोशल इन्टरपेनरशिल प्रोजेक्टको विषयमा कार्यशाला गोष्ठी

97

लायन्स सोशल इन्टरपेनरशिल प्रोजेक्टको विषयमा कार्यशाला गोष्ठी

लायन्स सोशल इन्टरपेनरशिप पोजेक्टको विषयमा एकदिने रणनीतिक कार्यशाला गोष्ठी गरिएको छ । लायन्स क्लव अफ बुटवल तिलोत्तमा र लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेवीले संयुक्त रुपमा रणनीतिक कार्यशाला गोष्ठी गरिएको हो । सोमबार बुटवलमा गरिएको कार्यशाला गोष्ठीले क्लवको ४ वर्षे योजना तयार गरेको छ ।
कार्यशाला गोष्ठीको उद्घाटन गर्दै लायन्स डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले क्लवको योजनावद्ध तयारीले गन्तव्यमा पुग्न सहज हुने बताउनु भयो । उहाँले आगामी वर्षका नेतृत्वले पनि निर्माण हुने योजनाको कार्यान्वयनमा जोड दिनुभयो ।
लायन्स क्लव अफ बुटवल तिलोत्तमाका अध्यक्ष नविनप्रसाद श्रेष्ठले क्लवलाई एउटा गतिमा अगाडि बढाउन यसले मद्धत पुग्ने विश्वास गर्दै सबैको साथ र सहयोगको कामना गर्नुभयो । त्यस्तै लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष लक्ष्मी प्रधानाङ्गले कार्यशाला गोष्ठीले तयार गरेको योजना अनुसार कार्यक्रम अगाडि बढाउने बताउनु भयो ।
कार्यक्रममा मल्टिपल डिष्ट्रिक कार्डिनेटर अरुणप्रताप राणा र फष्ट भाईस डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले कार्यशाला गोष्ठिमा गहन छलफल गरेर योजना तर्जुमा गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर सुनिल वझा, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग सहित डिष्ट्रिक तथा क्लवका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम सचिव रेनुप्रसाद पाण्डेको सञ्चालनमा भएको थियो । गोष्ठिमा प्रशिक्षक मुकुन्द ज्ञवालीले सहजिकरण गर्नुभएको थियो ।
लायन्स क्लव अफ बुटवल तिलोत्तमाले बुटवलमा क्यान्सर क्लिनिक सञ्चालन गरेको छ भने बुटवलमा क्यान्सर अस्पताल बनाउने दीर्घकालिन योजना बनाएको छ । त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं. १६ को एउटा विद्यालयमा त्यहाँको आवश्यकताको आधारमा सहयोग गर्दै आएको छ । सोही वडाको नरैनापुर थारु बस्तीमा थारु संस्कृति संरक्षणको योजना अगाडि बढाएको छ । थारु संस्कृतिका माध्यमबाट सीप विकास गरी उनीहरुलाई कम्तिमा आत्मनिर्भर बनाउनेगरी योजना अगाडि बढाईएको क्लवका अध्यक्ष नविनप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।