युवालाई उद्यमशिलता जोड्नु पर्नेमा जोड

63

युवालाई उद्यमशिलता जोड्नु पर्नेमा जोड

युवालाई उद्यमशिलता र स्वरोजगारीसंग जोड्न जोड दिईएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार बुटवलमा आयोजना गरिएको संघसंस्थासंगको अन्तरक्रिया कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनीधिहरुले युवालाई उद्यमशिलता र स्वरोजगारीसंग जोड्न जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश युवा परिषद लुम्बिनीका कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्रीले परिषदका माध्यमबाट युवालाई राजनीतिक चेतनासंगै स्वरोजगार तथा उद्यमशिलतामा जोड्न चाहेको बताउनु भयो । उहाँले त्यसको लागि दीर्घकालिन रणनीति बनाएर कसरी अगाडि बढ्न सकिन्छ, कस्ता रणनीति बनाउने, युवाको जीवनस्तर कसरी सुधार गर्न सकिएला सुझाव सल्लाह दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष जयप्रकाश भट्टराईले स्प्रष्ट नीति र भिजन बनाउन आग्रह गर्दै त्यस्ता कार्यक्रममा हातेमालो गर्न तयार हरेको बताउनु भयो । त्यस अवसरमा विभिन्न संघसंस्थाका प्रतिनीधिहरुले युवालाई राजनीतिक चेतना सहित उद्यमशिलतामा जोडन सुझाएका थिए ।
यो वर्षको अन्तर्राष्ट्रिय युवा दिनस ‘अन्तरपुस्ताको ऐक्यवद्धता ः सबै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने नारा सहित बिहिबार बनाईदै छ । लुम्बिनी प्रदेश युवा परिषदले बिहिबार मुल समारोहको तयारी गरेको छ । त्यस कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सहित मन्त्री तथा सांसदहरु सहभागि हुने छन् । त्यस्तै दुई जनालाई गेष्ट स्पिकरको रुपमा निम्त्याईएको प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष खत्रीले बताउनु भयो ।