तिलोत्तमाका छाडा चौपायालाई रिफ्लेक्टिभ स्टिकर

38

तिलोत्तमाका छाडा चौपायालाई रिफ्लेक्टिभ स्टिकर

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा छापा पशु चौपालाई रिफ्लेक्टिभ स्टिकर टाँस्न सुरु गरिएको छ । दुर्घटना न्यूनिकरणको लागि तिलोत्तमा नगरपालिकाले छाडा पशु चौपायालाई टाढैबाट देखिनेगरी रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो ।
सडकमा जथाभावी छोडिएका पशुचौपायाले गर्दा रातको समयमा सवारी दुर्घटना बढ्दै गएका कारण तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले गाईलाई स्टिकर लगाउने अभियान सुरु गर्नुभएको हो ।
ससस्त्र प्रहरी र नेपाल प्रहरीसंगको सहकार्यमा छाडा पशुचौपायाहरुको घाटीमा रिफलेक्टिभ स्टिकर बाँध्न सुरु गरिएको हो ।