राेट्रयाक्ट तिलाेत्तमा देवदहमा पद हस्तान्तरण

70

राेट्रयाक्ट तिलाेत्तमा देवदहमा पद हस्तान्तरण

राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा देवदहमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण सहित पदस्थापन गरिएकाे छ । शनिबार देवदहमा आयाेजना गरिएकाे कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष सुनिल गिरीकाे टिमले वर्ष २०२२/२३ का अध्यक्ष मणीलाल तिवारीकाे नेतृत्वका नवनिर्वाचित टिमलाई पद हस्तान्तरण सहित पदस्थापन गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले युवाहरुकाे सक्रियताले समाज रुपान्तरण र विकासमा महत्वपूर्ण याेगदान पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाले देवदहकाे विकास र समृद्धिमा क्लवले अगाडि सारेका कार्यक्रम फलदायी हुने र क्लवका कार्यक्रममा नगरपालिकाले साथ र सहयाेग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयाे । युवालाई राेजगारीमा जाेड्न र उद्यमशिल बनाउन नगरपालिकाले कार्यक्रम ल्याएकाे भन्दै वैदेशिक राेजगारीमा जाने युवालाई यहि बसेर काम गर्न आग्रह गर्नुभयाे ।
त्यस्तै उपप्रमुख विद्यालक्ष्मी गुरुङले वैदेशिक राेजगारीका नाममा पलायन पलायन भईरहेकाे युवा शक्तिलाई राेक्ने खालका कार्यक्रम पनि सञ्चालन गर्न सुझाव दिनुभयाे ।
स्पाेन्सर क्लव राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले राेट्रयाक्टका कार्यक्रममा राेटरीकाे पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
क्लवका नवनिर्वाचित अध्यक्ष मणीलाल तिवारीले क्लवले सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता, डेन्टल तथा हेल्थ कार्यक्रम, साईवर सुरक्षा, देवदहमा पर्यटन प्रवर्द्धन कार्यक्रम, स्वास्थ्य सचेतना तथा शिविर, सदस्यहरुलाई क्षमता अभिबृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनु भयाे ।
त्यस्तै वर्ष २०२१/२२ का अध्यक्ष गिरीले क्लवले वर्षभरी गरेका कार्यक्रमकाे बारेमा जानकारी गराउँदै क्लवले थालनी गरेका कामलाई निरन्तरता दिन आग्रह गर्नुभयाे । त्यस अवसरमा क्लवका सदस्यहरुलाई सम्मान सहित अवार्ड प्रदान गरिएकाे थियाे । कार्यक्रम क्लवका सचिव सन्दिप पाैडेलकाे सञ्चालनमा भएकाे थियाे ।