सिडेन लुम्बिनी प्रदेश सभापतिमा नेपाल

302

सिडेन लुम्बिनी प्रदेश सभापतिमा नेपाल

नेपाली काँग्रेस निकटका ईन्जिनियरहरुकाे संस्था सेन्टर फर डेमाेक्रेटिक ईन्जनियर्स नेपाल (सिडेन) लुम्बिनीकाे सभापतिमा यादव नेपाल निर्वाचित हुनु भएकाे छ । बुटवलमा सम्पन्न दाेस्राे प्रदेश अधिवेशनबाट सभापतिमा रुपन्देहीका नेपाल निर्वाचित हुनु भएकाे हाे ।
अधिवेशनबाट समितिकाे उपसभापतिमा बाँकेका बिपि जाेशी, सचिवमा गुल्मीका अर्जुन महाेत्रा, सहसचिवमा राेल्पाका संकल्प बुढाथाेकी र काेषाध्यक्षमा रुपन्देहीका गाैरव रिजाल निर्वाचित हुनु भएकाे छ ।
समितिकाे सदस्यहरुमा रुपन्देहीकी निशा नेपाल, गाैरव लामिछाने, सन्दिप बाेहाेरा, बर्दियाका केशव पाैडेल, दाङका प्रज्वलराज आचार्य, तिलक पन्त, नवलपरासीका कमलराज ढुंगाना, जीवन पाण्डे, पाल्पाका राेषन पाण्डे र कपिलबस्तुका आकाश बर्मा निर्वाचित हुनु भएकाे छ ।