रुपन्देहीका घिमिरेलाई इन्डो नेपाल फ्रेण्डशिप अवार्ड

1.3K

रुपन्देहीका घिमिरेलाई इन्डो नेपाल फ्रेण्डशिप अवार्ड

इन्डो नेपाल फ्रेन्डशिप अवार्ड २०२२ बाट पत्रकारिता विधामा नेपालका बाबुराम घिमिरे सम्मानित हुनु भएको छ । कुशल पत्रकारिता सहित विविध लेख आलेखन र साहित्य लेखनबाट समेत समाजलाई सुसूचित गरेबापत नयाँदिल्ली स्थित कन्सटिच्युसन क्लबमा भएको इन्डो नेपाल अन्तर्राष्ट्रिय फ्रेन्डसिप अवार्ड २०२२ बाट नेपालका घिमिरेलाई सम्मान गरिएको हो ।
युनाइटेड नेसनको मातहतमा रही भारतको राजधानी नयाँदिल्लीमा कार्यालय राखेर सेवा दिइरहेको सोसल जस्टाइस फर इन्टरनेशनल सिभिल राइट नामक अन्तर्राष्ट्रिय संस्थाले १९ अगस्तका दिन भारतको ७५ औ स्वतन्त्रता वर्षको अवसर पारेर उहाँलाई सम्मान गरिएको हो । हाल रुपन्देहीको तिलोत्तमामा रहनु भएका घिघिरे गुल्मीको मुसिकोट नगरपालिकाको अरेवामा जन्मिनु भएको थियो ।
उहाँले चितवनको जोश साप्ताहिकमा सम्बाददाताको रुपमा काम गर्नुभएका घिमिरे हाल रुपन्देहीको तिलोत्तमामा नवीन सन्देश नामक आफ्नै वुलेटिन प्रकाशन गर्नुहुन्छ । घिमिरेका नेपाली भाषामा गरीव –खण्डकाव्य, बिछोड –उपन्यास र अपराधि– उपन्यास तथा विभिन्न पत्रपत्रिकामा लेख रचनाहरु प्रकाशित छन् ।