हरितालिका तीजमा मुख्यमन्त्री केसीको शुभकामना : उत्पिडन र विभेद अन्त्य गर्छौं

24

हरितालिका तीजमा मुख्यमन्त्री केसीको शुभकामना : उत्पिडन र विभेद अन्त्य गर्छौं

हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शुभकामना सन्देश दिनुहुँदै उत्पिडन र विभेद्को अन्त्य गर्ने संकल्प गर्नु भएको छ ।
‘विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यवस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ ।’ मुख्यमन्त्री केसीको शुभकामना सन्देशमा भनिएको छ–‘नेपाली महिलाहरुको महान् पर्व “हरितालिका तिज पर्व –२०७९” को अवसरमा प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
नेपाल र लुम्बिनी प्रदेश पनि बहुजाती, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण रहेको उल्लेख गर्दै विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा समृद्ध प्रदेश निर्माण गर्न सकिने उहाँले बताउनु भएको छ ।
यसलाई नेपालको संविधानले पनि स्वीकार गरेको उल्लेख गर्दै यहाँको विविधतालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने उहाँले विश्वास दिलाउनु भएको छ । उहाँले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने काममा प्रदेश सरकार दृढ रहेको अवगत गराउनु भएको छ ।